१८ बैशाख ०७६, राजविराज । मैथिली फिल्म मिसन मधेश फिल्मको प्रोमोशन कास्टिगंको अवसरमा राजबिराजमा मैथली भोजपुरी स्टार धमाका सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
दिनाभद्री फिल्म प्रोडक्सन लाहान प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा बैशाख २० गते राजबिराजमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागेको जानकारी दिए । मिसन मधेश फिल्मका निर्माता मुकेश कर्णले मधेश आन्दोलन, दलित जनजातिमाथी हुने अत्याचार, दमन, हत्याहिंसा, भेदभाव तथा मधेशमा बढ्दै गएको महिला हिंसा र बलात्कार जस्ता बिकृतिको बिरूद्वमा आधारित ऐतिहासिक कथा बस्तु सम्मलित फिल्म निर्माण गरिएको बताए ।
राजबिराजस्थित राजरंगशालाको मैदानमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा बिहारको सुपरस्टार हिरोइन काजल राहवानी, नेपालको ममता पंडित, कसिष दाहाला, समिता गिरि, अर्जुन कान्त यादब, अंजु यादब, सनु कुमार, रंजित शर्मा लगायत कालाकारद्वारा मनोरञ्जन दिने आयोजक समितिका मुकेश कर्णले जानकारी दिए ।
दिनाभन्द्री फिल्म प्रोडक्सन लाहान प्रा.लि.को आयोजनामा तथा श्रीमती शिला यादब, मुकेश कर्णको ५० लाखको लगानीमा फिल्म निर्माण गरिएको छ । उक्त फिल्ममा दिनेश्वर गुप्ता, कसिष दाहाल, रेणु दाहाल, दुलसा कोईराला, भारती गुप्तालगायत कालाकारले अभिनय गरेका छन् भने फिल्मको निर्देशक आलम खान, सुर्या साहले गरेका छन् ।