राष्ट्रपति भण्डारी चीन प्रस्थान

११ बैशाख ०७६, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी चीन प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट चीनको बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमणको क्रममा चिनियाँ समकक्षी सि जिन पीङसँग भेटवार्ता गर्नेछिन् ।

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरुसहित ४३ सदस्य रहेका छन ।
राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी आगामी बैशाख १९ गते बिहीबार स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

तपाइको मत