७ बैशाख ०७६, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा महिलाको विभत्स अवस्थामा शव फेल परेको छ ।
पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा आफ्नै घर अगाडि सडकमा फेला परेको हो ।
शुक्रवार राति पथरी बजारमा भएको सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी उनको बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङले रिनाको टाउकोमा गहिरो चोट देखिएकोे र घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
श्रीमान बैदेशिक रोजगारीमा रहेकाले उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।