५ चैत्र ०७५, काठमाडौं । गृहमन्त्रालयले होली मर्यादित र सभ्य ढंगले मनाउने सबैलाई आग्रह गरेको छ ।
मंगलबार गृहमन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढंगले मनाउँदा मात्र होली र फागु पर्वको महत्व सिद्ध हुने हुँदा मर्यादित र सभ्य ढंगले मनाउन नेपालीजनमा अनुरोध गरेकोे छ ।
यदि कोही कसैको इच्छा इच्छा विपरित लोला हान्ने, फोहोर छ्याप्ने र बाटो हिड्नेलाई दुःख दिएर हैरानी गर्नेलाई कारबाही हुने बताएको छ ।
हिमाल तथा पहाडमा बुधबार र तराईमा बिहीबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।