२८ फागुन ०७५, राजविराज। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले वर्तमान सरकार काण्डै काण्डमा फस्नुका साथै भ्रष्टाचारलाई चरम सीमामा पु¥याएको र एकपछि अर्को गल्ती गर्दै मुलुकलाई उल्टो दिसातर्फ ढकेलेको आरोप लगाएका छन् ।
मंगलवार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो आरोप लगाएका हुन् । ‘अहिलेको सरकार वाइडबडी काण्ड, एनसेल काण्ड, बुढी गण्डकी काण्ड, सुनकाण्ड लगायतका काण्डै काण्डमा फसेको छ, उनले भने–‘जसकारण भ्रष्टाचार चरम सीमामा पुगेको छ भने देशको आर्थिक विकासमा नाकारात्मक प्रभाव पारेको छ ।’
त्यस्तै, पर्वप्रधानमन्त्री भट्टराइले पृथकतावादी आन्दोलन गरिरहेका सीके राउत र अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरीको विषयमा सरकारले दोहोरो चरित्र देखाएको र न्यायलयलाई प्रभावमा पारेको आरोप लगाए ।
राउतलाई सेटिङ मिलाएर नै रिहा गराइएको आरोप लगाउँदै पृथकतावादी आन्दोलन गर्ने राउतलाई सेटिङ गरेर निकाल्ने र तत्कालै सहमति पनि गर्ने, अनि राजनीतिक विद्रोह गरेकालाई आजीवन कारावास दिएको बताए ।
उनले टिकापुर घटनामा सुरक्षाकर्मी मारिनु दुःखद भएपनि टिकापुर घटना राजनैतिक विद्रोह भएकोले राज्यले सोही अनुरुपको व्यवहार देखाउनु पर्ने जिकिर गरे ।
यसैगरी उनले कार्यपालिकाको लाचार छायाँ न्यायपालिका र व्यवस्थापिकामा पनि पर्न थालेको भन्दै यसले भविष्यमा मुलुकलाई संकटमा पार्न सक्ने बताए ।
थारु विद्रोहका कारण मुद्दा खेपेका रेशम चौधरी र राज्य विप्लवको मुद्दा खेपेका सीके राउतको सन्दर्भमा फरक–फरक निर्णय आउनु न्यायोचित नभएको उनको भनाई थियो । चौधरी र राउत प्रकरणमा सरकार र न्यायलयले देखाएको दोहोरो नीति अशोभनीय भएको उनले बताए ।
कुशासन र भ्रष्टाचारकै कारण विप्लव समूह पैदा भएको हो ।
विप्लव समूह सरकारको कुशासन र भ्रष्टाचारकै कारण पैदा भएको चर्चा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीन वटै तहमा गठन गर्नु पर्नेमा जोड दिँदै भने यसरी गठन भएको जनलोकपालले सिधै निर्वाचित प्रतिनिधिसभाप्रति उत्तरदायित्व भएर कार्यपालिका र न्यायपालिकामा जो जसले भ्रष्टाचार गर्छ, त्यसलाई सिधै कार्वाही गर्न सक्ने उनको भनाई थियो ।