व्यापारीकोअपहरण गरी भारतपर्फ लैजादै गर्दा अपहरणकारीलाई सुरक्षा गोष्ठीले भेटाएपछि अपहरणबाट मुक्त

२७ फागुन ०७५, सप्तरी । सप्तरीको बोदे वर्साइन नगरपालिकाबाट एक व्यापारीको अपहरण गरी भारतपर्फ लैजादै गर्दा सुरक्षा गोष्ठीले भेटाएपछि अपहरणबाट मुक्त भएका छन् ।

अस्पतालमा उपचार गर्दै हक । फोटोः देवराम यादव ।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ घर भई बोदे बर्साइन नगरपालिका–५ मा फेन्सी रेडिमेड कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय मो. जियाउल हकलाई शनिवार राति बाटोबाटै अपहरण गरी भारततर्फ लेजादै गर्दा सिमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारीहरु भागेकापछि अपहरण मुक्त भएका हुन् ।

आफू पसल बन्द गरी मोटरसाइकलमा घर फर्किरहेका बेला हतियारसहित नकाब लगाएका ८÷१० जना अपहरणकारीहरुले कुटपिट गरी अपहरण गरी भारततर्फ लैजान लागेको बेला सिमा सुरक्षा बलका भारतीय प्रहरीले रोकी सोधपुछ गर्न थालेपछि अपहरणकारीहरु भागेको र आफ्नो ज्यान जोगिएको बताए ।

उनका अनुसार अपहरणकारीहरुसँग कटुवा पेस्तोल समेत रहेको र गम्छाले हात बाँधेर डाकनेश्वरीको हटेल हुँदै भारतको लौकहीतर्फ लैजान लागेको बेला भारतीय प्रहरीको गस्ती टोलीका कारण आफू जोगिएको बताए ।

कुटपिटबाट घाइते हकको पिठ्युभरी निलडाम लागेको छ भने टाउको फुटेको छ । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि हकका परिवारका सदस्यले अपहरणको प्रयास गर्नेलाई खोजेर कारबाही गर्न जिल्ला प्रहरी कार्यालय समक्ष माग गरेका छन् ।

अपहरणकारीको बारेमा अनुसन्धान भइरहेको र शंकास्पद डाकनेश्वरी नगरपालिका १ का तीन जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । मुखमा नकाब लगाएकाले अपहरणकारीको पहिचान हकले समेत गर्न सकेका छैनन् ।

तपाइको मत