२६ फागुन ०७५, राजविराज । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ स्थित सितापुरमा आगलागी हुँदा साढे आठ लाख बरावरको क्षति भएको छ ।
शनिवार वेलुकी ४ बजेतिर स्थानीय मिश्रीलाल चौधरी, चम्पीलाल चौधरी र दुर्गानन्द चौधरीको घरमा आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर नष्ट भएको हो ।
विद्युत सर्ट भई लागेको आगोमा परी मिश्रीलालको नगद ८५ हजार, अन्नपात, लत्ताकपडा, फर्निचर र एकघर पुर्ण रुपले जल्दा ६ लाख ३५ हजारको धनमाल क्षति भएको छ ।
यसैगरी चम्पीलाल चौधरीको घरपनिपुर्ण रुपले जल्दा अन्नपात, लताकपडा र फर्निचरको सामान जलेर १ लाख वरावरको क्षति भएको छ । बचकुन चौधरीको घरसहित सरसमान जलेर ७५ हजार ५ सयको क्षति पुगेको छ । आगलागीमा दुर्गानन्दको भान्सा घर जल्दा ३० हजार गरी कुल ८ लाख ४० हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारुण यन्त्र, ईलाका प्रहरी कार्यालय महुली, सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प सितापुरका शसस्त्र प्रहरी र स्थानीवासीको सहयोगमा नियन्त्रण लिएको थियो ।
आगलागीबाट घरवार विहिन भएका पीडितहरु आफन्त र छिमेकीको घरमा शरण लिएर बसेको प्रहरीले जानकारी दिए ।