२५ फागुन ०७५, काठमाडौं । मनाङमा हिम पहिरोमा परी एक विदेशी पर्यटक र एक नेपाली गाइडको मृत्यु भएको छ ।
हिम पहिरोमा परी ज्यान गुमाउनेमा नेदरल्याण्डका पर्यटक ३० वर्षीय भी. जे.ब्लोएम र धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका गाइड २५ वर्षीय अजय ढकाल रहेका छन् ।
उनीहरुको मनाङको ढुकुर पोखरी र पिसाङ हिमालको बीचमा ३२०० मिटरको उचाइमा हिम पहिरोमा परेर मृत्यु भएको ‘परिवार होलिडे’ टे«किङ कम्पनीका गाइड बिबलाल तामाङले जानकारी दिए ।
लामो समय सम्पर्कविहीन भएपछि समीट हेलीकोप्टरमार्फत ३ जना माउन्टेन गाइडको सहयोगमा खोजी गर्दा शनिबार शव फेला परेको हो । दुवैको शव शनिबार नै काठमाडौं ल्याउने तयारी भएको खोजीमा गएका गाइड छिरिङ पाण्डे भोटेले जानकारी दिए ।