२० फागुन ०७५, काठमाडौं । विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका राहत शिक्षक र प्रहरीबीच दोस्रो दिन पनि झडप भएको छ।
आइतबार माइतीघर मण्डलाबाट सुरु भएको नारा जुलुस निषेधित क्षेत्र नयाँ बानेश्वर चोकतर्फअघि बढेपछि प्रहरीले एभरेष्ट होटल अगाडि जुलुस रोक्न खोजेपछि झडप भएको हो । शिक्षकको भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत हानेको थियो ।
शिक्षकहरुले प्रस्ताावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गद लामो समयदेखि आन्दोलनमा छन् ।
मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।