पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि

१७ फागुन ०७५, काठमाडौं ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ शुक्रबार रामघाटस्थित सेती नदीको किनारमा अन्त्येष्टि गरिएको हो ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराहरु विराज र स्वराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो।

रामघाट लानुअघि अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा र गृहनगर पोखराको प्रदर्शनी केन्द्रमा राखिएको थियो ।
मन्त्री अधिकारीलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रको झण्डा अढाए भने वामदेव गौतमले पार्टीको झण्डा ओढाएका थिए ।

तपाइको मत