प्रजातान्त्रिक अधिकार खोस्ने काम काँग्रेसलाई सह्य हुँदैन – देउवा

१६ फागुन ०७५, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रजातन्त्र माथि नै आक्रमण सुरु भएको बताएका छन् ।

रामेछापको मन्थली नगरपालिका –९ मा आयोजित एक कार्यक्रममा नेपालको प्रजातन्त्र खतरामा परेको भन्दै काँग्रेस सभापति देउवाले प्रजातन्त्रमाथि प्रत्यक्ष र अप्रत्यक्ष आक्रमण सुरु भएको बताएका हुन् ।

काँग्रेसका नेता टीकाराज आरणको स्मृतिमा शालिक अनावरणपछि कुनै पनि बाहनामा प्रजातन्त्र खोसिन सक्ने बताउँदै देउवाले भने, ‘सरकारले विधेयकको नाममा प्रजातान्त्रिक अधिकार खोस्ने गरी काम गरिरहेको छ, यो काँग्रेसलाई सह्य हुँदैन ।’

काँग्रेसका नेता आरणको द्वन्द्वकालीन समय २०५७ सालमा निधन भएको थियो ।

तपाइको मत