स्वास्थ्य शिविरको पुर्व सन्ध्यामा सप्तरीमा रक्तदान कार्यक्रमको आयोजना

२९ माघ ०७५, सप्तरी । १ फागुनदेखि ७ फागुनसम्म हुन लागेको वृहत स्वास्थ्य शिविरको पुर्व सन्ध्यामा सप्तरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विरेन्द्र सैनिक अस्पताल काठमाण्डौंको सहकार्यमा फागुन १ गतेदेखि फागुन ७ सम्म चल्ने वृहत स्वास्थ्य शिविरमा उपचारका लागि आउने विरामीको जटिल रोगको उपचार तथा शल्यक्रियाका क्रममा आवश्यक पर्ने रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका आयोजक सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

केन्द्रका अध्यक्ष हितनारायणलाल दासको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा सेना, प्रहरी र सर्वसाधारण गरी ४५ जनाले रक्तदान गरेको केन्द्रका सल्लाहकार मनोहर पोखरेलले जानकारी दिए । उनले शिविरमा बिरामीको संख्यामा वृद्धि हुने भएकाले जस्तोसुकै अवस्थामा पनि रगत अभाव नहोस भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

रक्तदान कार्यक्रममा रगत संकलनका लागि नेपाल रेडक्रस सोसाईटी शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रका प्रमुख नविन झा सहित ५ सदस्यीय स्वास्थ्यकर्मी टोली परिचालित थिए ।

रक्तदाताहरुलाई प्याब्सन सप्तरी र श्री सिद्धार्थ गौतम वुद्ध यातायात केन्द्रले फलफुल, जुस र स्वच्छ खानेपानीको ब्यवस्था मिलाएका थिए ।

तपाइको मत