भूकम्प प्रभावितलाई घर बनाउन वनको जग्गा दिने सरकारकोे निर्णय

२४ माघ ०७५, काठमाडौं । सरकारले जग्गा विहिन भूकम्पबाट प्रभावित व्यक्तिलाई घर बनाउन वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेकोे मन्त्रिपरिषद बैठकले भूकम्पबाट प्रभावित व्यक्तिको पर्नवास तथा स्थानान्तरणका लागि वनक्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेपछि भूकम्प प्रभावित व्यक्तिलाई वन क्षेत्रमा घर बनाउन दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा आफ्नो जग्गामा घर बनाउन उपयुक्त नभएका भूकम्प प्रभावितलाई वन क्षेत्रमा बस्न दिने गरी कार्यविधि ल्याइएको जानकारी दिए ।

भूकम्प प्रभावितलाई छानोभित्र ल्याउने सरकारको नीतिअनुसार यो कार्यविधि ल्याएको स्पष्ट पार्दै मन्त्री बास्कोटाले यसरी वन क्षेत्रमा बसोबास गर्न दिँदा वन क्षेत्र नघट्ने गरी हैसियत बिग्रेको वन क्षेत्रमा मात्र बस्न दिइने बताए ।

तपाइको मत