१६ माघ ०७५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य आगामी दिनका सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चिन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेका छन् ।
गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका छन् । साथै, राजदुत यान्छी मार्फत् चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
भेटमा राजदूत यान्छीले चीन विरोधी गतिविधि नियन्त्रण गर्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आफ्नो कार्यकालमा नेपाल चीन सम्बन्ध थप उचाईमा पु¥याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । साथै, राजदुत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिइन् ।