राजीव गुरुङले लिए, प्रदेशसभा सदस्यको सपथ

१४ माघ ०७५, कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङले सपथ लिएका छन् ।

दिपक मनाङ्गे भनेर चिनिएका गरूङलाई सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले सपथ गराएका हुन् ।

मनाङको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरूङलाई वाम गठबन्धनले समर्थन गरेको थियो । तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । करिब ८ महिना जेल बसेका उनले पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका सपथका लागि निवेदन दिएका थिए ।

सपथ लिएपछि खुशी व्यक्ति गर्दै उनले आफू तत्काल कुनै पार्टीमा प्रवेश गर्ने विषयमा नसोचेको र सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए ।

तपाइको मत