प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलन्यास

३ माघ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खा बन्दरगाहको शिलन्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले चोभारमा निर्माण हुने सुख्खा बन्दरगाहको बिहीबार शिलान्यास गरेका हुन् । अन्तर्राष्ट्रियस्तरको बन्दरगाह साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा निर्माण हुनेछ ।

शिलन्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी निर्माण गर्न लागिएको स्पष्ट पारे । उनले बन्दरगाह निर्माण कार्य सुरु भएसँगै त्यसले मुलुकको अर्थतन्त्र, जनजीवन, रोजगारी र आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पु¥उााउने बताए ।

प्रधानमन्त्री ओलीले बन्दरगाहको अर्थ र महत्व नबुझेका केही स्वार्थीहरुका कारण शिलान्यासमा निकै ढिलाइ हुन गएको उल्लेख गर्दै सुख्खा बन्दरगाह वरपरका स्थानीय जनताको जायज माग सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तेस्रो मुलुकसँग व्यापारलाई सहज बनाउन काठमाडौंमा सुख्खा बन्दरगाह बनाउनु परेको बताउँदै बन्दरगाह निर्माण हुने वित्तिकै नेपालको अन्तर्राष्ट्रिय व्यापार पनि सहज ढंगले अघि बढने विश्वास व्यक्त गरे ।

तपाइको मत