२९ पुस ०७५, वीरगञ्ज । प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जनगरपालिका–१६ शंकराचार्य गेट नजिक चेकजाँचको क्रममा भारतको मोतिहारीका २१ वर्षीय सहदेव पण्डित र पर्साको कालिकामाइका १९ वर्षीय अकिलेश कानूलाई पाँच किलो चरेससहित पक्राउ गरेका हुन् । उनीहरु रक्सौलतर्फ जाँदै थिए ।
यस्तै, वीरगञ्ज महानगरपालिका –१६ कै रजतजयन्ति चोकमा चेकजाँचको क्रममा प्रहरीले वीरगञ्ज नगरपालिका–१६ नगवाका गोविन्दबहादुर श्रेष्ठलाई १६५ पिस नाइट्राभेट ट्याब्लेटसहित पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनालाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।