१६ पुस ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्यलाई नियुक्त गरेकी छिन् ।
सोमबार राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको थियो ।