१५ पुस ०७५, काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।
गुरुङ समुदायले हरेक वर्षको पुस १५ गते ल्हो फेरिने परम्परा अनुसार पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको पाइन्छ ।
यस अवसरमा आज राजधानीको टुँडिखेलमा गुरुङ समाजले विशेष कार्यक्रम आयोजना गरेकाले
टुँडिखेलको ल्होसार कार्यक्रममा सहभागि हुन गुरुङ समुदाय विभिन्न सांस्कृति झाँकी सहित पुगेका थिए ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने चलन रहेको छ ।