बिमितको मृत्यु दावी बापतको रकम भुक्तानी

१३ पुस ०७५, राजविराज । लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल लि. शाखाले शुक्रबार एक कार्यक्रमबीच राजविराज ५ निवासी ऋषि अग्रवाललाई बिमितको मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले बिमित राजविराज ४ की ४५ बर्षिया बिना अग्रवालको मृत्यु भएपछि मृत्यु दावी बापतको १५ लाख रुपैयाँ उनका पति ऋषि अग्रवाललाई प्रदान गरेको हो ।

कार्यक्रममा शाखा प्रमुख गगेश कुमार झाले मृतकका पति अग्रवाललाई बिमितको मृत्यु दावी बापतको १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कम्पनीका बिमत बिना अग्रवालको गत २०७४ कार्तिकमा हृदयघातबाट मृत्यु भएपछि उहाँका पति अग्रवालले कम्पनीमा आवश्यक प्रमाण र कागजात पेश गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थितिकाबीच पिडीत पक्षलाई चेक हस्तान्तरण गरिएको थियो ।

तपाइको मत