काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने

१२ पुस ०७५, राजविराज । नेपाली काँग्रेसले राजविराजमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।

बिहीबार जिल्ला सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित बैठकले पुुस १६ मा मेलमिलाप दिवस मनाउने निर्णय गरेको हो ।

यस अवसरमा स्थानीय जिल्ला समन्वय समितिको सभाकक्षमा पार्टी केन्द्रीय सदस्य डा . मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भव्य रुपले दिवस मनाउने निर्णय गरेको सभापति यादवले जानकारी दिएका छन् ।

यस अवसरमा विचार गोष्ठी, बिरामीलाई फलफूल वितरण, प्रभातफेरि लगायतका कार्यक्रम आयोजना गरिने प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिए ।

जननायक विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्केपछि काँग्रेसले यो दिवस मनाउँदै आएको छ ।

तपाइको मत