कालिकोटको खाडामा आगलागी हुँदा ८७ घर जलेर नष्ट

९ पुस ०७५, काठमाडौं । कालिकोटको पलाता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् ।

आइतबार राति स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाँडा गणेश आधारभूत विद्यालयजसँगैको टोलका ३२ मध्ये ३०घरसहित ८७ घर जलेर नष्ट भएका हुन् ।

गाउँमा युवाहरू पनि नभएको र पानीको समेत अभाव भएका कारण प्रहरी र स्थानीयबासीको आगो निभाउने प्रयास असफल भएका जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । आगोलागिबाट क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोष टाढा बाजुरा नजिक पर्छ ।

तपाइको मत