८ पुस ०७५, राजविराज । किर्ते नागरिकता प्रकरणमा बन्दी जीवन बिताई रहेका भारतीय एक कैदीको मृत्यु भएको छ ।
भारत हरियाणा राज्य हिसार जिल्लाका ४५ वर्षिय सतिष अग्रवालको राजविराज कारागारमा शुक्रवार राति मृत्यु भएको हो । उनलाई सप्तरी जिल्ला अदालतले गत मंसिरमा कारागार पठाएको थियो ।
निमित जेलर सत्यनारायण यादवका अनुसार कारागारको ब्लक नं. २ मा राखिएका अग्रवाललाई अचानक पेट दुःखेपछि प्रहरीको सहयोगमा उपचारका लागि स्थानीय गेजन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार मृतक अग्रवालको आवश्यक प्रक्रिया पु¥याएर शव शनिवार आफन्तलाई बुझाइएको छ ।