६ पुस ०७५, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालकसहित चार जना घाइते भएका छन् ।
शुक्रवार साँझ कञ्चनरुपबाट पूर्वतर्फ जाँदै गरेको स. ७ प ३५८५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रीहरु स्थानीय २९ वर्षीया गीता यादव, उनका छोरा पाँच वर्षीय आयुषकुमार यादव, सोही ठाउँ बस्ने शैलेन्द्र विराजीकी छोरी रितिका घाइते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुर रौताका २५ वर्षीय अमर कार्की समेत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि बिराटनगर पठाइएको तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।