मेरो नाममा किर्ते हस्ताक्षर गरिएको रहेछ – थापा



विष्णु कुमारी थापा/ काठमाडौं । तत्कालीन सत्ताको नजरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी बन्नु आतङ्ककारी हुनु थियो । माओवादीलाई जहाँ भेट्यो, त्यहीँ गोली हान्ने छुट थियो । तथापि, पार्टीको कडा अनुशासनभित्र बिचार र नेतृत्वको संरक्षण गर्दै नेपाली क्रान्तिलाई उत्सर्गमा पु¥याउने अठोट थियो, मेरो सानो मन भित्र । त्यसैले त, लागेँ जीवनका स्वर्णीम अबसरहरु त्यागेर मुक्तिको लागि क्रान्तिपथमा ।

लाईन लागेर मृत्यु स्वीकार्ने समय थियो त्यो, साथीहरु बीचको आत्मियता, नेतृत्व र कार्यकर्ता बीचको बिश्वास, कम्युनिष्ट जीवन आर्दश जीवनको उच्चत्तम आर्दश थियो त्यो समय । हो, त्यही त्याग, बलिदानी र साहसले आएको हो यो राजनीतिक परिर्वतन । गर्व लाग्छ मलाई, आफू प्रत्यक्ष सहभागी भएर वर्तमान राजनीतिक परिवर्तन ल्याउन सकेकोमा ।

मलाई नेतृत्वप्रति विश्वास गर्न र नेतृत्वको रक्षाको लागि मृत्युलाई स्वीकार्न जनयुद्धले नै सिकाएको हो । म जनयुद्धको इमानदार सिपाही । नेतृत्वप्रति द्वन्द्ववादी विश्लेषणसहित नेतृत्वलाई सहयोग गर्ने र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिको लागि संघर्षशील हुने मेरो जीवनको उर्जा हो ।

अखिल नेपाल ट्रेड यूनियन महासंघको तत्कालीन महासचिव कमरेड गणेश रेग्मी अध्यक्ष रहेको सहकारी मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लि.को दोस्रो वार्षिक साधरण सभाको निकट समय थियो । तत्कालीन महासंघका पदाधिकारी कमरेडहरुले सहकारीको सञ्चालक समिति परिवर्तन गर्ने निर्णय गर्नुभएछ । त्यतिबेला अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको महासंघको सदस्य मलाई सहकारीको २०६८ असोजमा सम्पन्न साधारण सभाबाट सञ्चालक समितिमा मनोनित गरियो ।

सहकारीको सञ्चालक समितिमा म मनोनित हुनु अघि नै सहकारीका अध्यक्ष रेग्मीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम माग गर्नुभएको रहेछ । ०६८ मंसिरमा युवा स्वरोजगार कोषसँग सहकारीको एग्रीमेण्ट भयो । र, पैसा सहकारीमा आयो । त्यसपछि सहकारीले बिभिन्न समूह बनाएर लगानी ग¥यो । सहकारीले रकम लगानी गरेको समूहहरुमा जगत सिंखडा प्रमुख रहेको समूहबाहेक कुनै समूहले पैसा फिर्ता गरेनन् ।

म सहकारीबाट बाहिरिएको समयसम्म सहकारीले डिर्पाटमेण्टल स्टोर्सको रकम, सहकारीका बचतकर्ताको बचत स्वरोजगार कोषमा किस्ता बुझाउँदै थियो । पछि, सहकारीको डिर्पाटमेण्ट स्टोर्सबाट बाँकी लैजाने अखिल नेपाल ट्रेड यूनियन महासंघका अधिकांश नेता साथीहरुले नै सहकारीको उधारो रकम तिर्नुभएन । डिपार्टमेण्टल स्टोर्स सञ्चालन गर्न सकिएन, त्यसलाई बेच्नुपर्ने परिस्थिति आयो । तत्कालीन समयमा सहकारीका अध्यक्ष कमरेडले लगानी उठाउन र स्वरोजगारको लगानीको अनुगमनमा ध्यान दिन नसकेका कारण स्वरोजगारको रकम फस्यो, सहकारी डुब्ने परिस्थिति आयो ।

मजदुर शहीद स्मृति उपभोक्ता सहकारीको अध्यक्ष गणेश रेग्मी र कार्यकारी उनकै भतिजले एकलौटी ढङ्गले सञ्चालक समितिलाई बेवास्था गरी सहकारीबाट आफ्ना नजिककालाई ऋण प्रदान गर्ने, लगानी गरिसकेपछि निर्णय गराउने, निर्णय नगरौं सहकारीले लगानी गरिसकेको अवस्था हुने नमिठो तरिकाबाट सहकारी सञ्चालन भइरहेको थियो । तथापि, नेतृत्वले राम्रै ठाउँमा पु¥याउँछ सहकारीको अध्यक्ष महासंघको महासचिव भएकाले मसिना कुरामा चुक्दैन भन्ने गहिरो विश्वास थियो ।

तर, सहकारीको पाँचौँ साधारण सभा २०७१ पौष १५ गते भएको रहेछ, मलाई खबर पनि भएन । पछि, माइन्यूट पढेर थाहा पाएँ; मेरो नाममा किर्ते हस्ताक्षर गरिएको रहेछ । म जिम्मेवार सञ्चालक समितिलाई खबर नगरी सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएछ ।
युवा स्वरोजगार कोषले आफ्नो लगानी उठाउन ताकेता गर्दा पैसा भुक्तानी दिन नसकेपछि सहकारीका अध्यक्ष गणेश रेग्मीले हामी सञ्चालक समितिलाई कारवाही गर्नको लागि हाम्रो तत्कालिन सञ्चालक समितिको नामावाली पूर्वाग्रहपूर्वक युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा पठाएका रहेछन् । अध्यक्ष रेग्मीले नामावली पठाउने बारे कुनै दिन छलफल गरेको थाहा भएन् । न स्वरोजगार कोषले कारवाही प्रक्रिया अगाडि बढाइएको बारे जानकारी गरायो ।
सहकारीका अध्यक्ष गणेश रेग्मीले कार्यकर्ताले उहाँप्रति गरेको विश्वास बिर्सनु भयो, महान् तथा गौरवशाली मजदुर संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको जिम्मेवार नेतृत्व भएको बिर्सनुभयो । कम्युनिष्ट नैतिकता र आर्दश बिर्सेर एउटा सुद्खोर÷सामान्त नेतृत्वले गर्ने जस्तो व्यवहार उहाँले गर्नुभयो । इमान्दार कार्यकर्तालाई शुली चढाएर आफू धुरी चढ्ने कपट उहाँले यहीँनेर राख्नुभयोे ।

स्वरोजगार कोषले पनि मलाई कारवाही गर्नु अगाडि नै तपाईंलाई यसरी यो यो कारणले कानूनको निम्न दफा बमोजिम यस्तो किसिमको कारवाही गरिएको छ भनेर सुचना प्रदान गर्नुपर्दथ्यो, उसले पनि आफ्नो कर्तव्य यहीँनेर बिर्सेर मलाई कारवाहीको लागि कालोसूचीमा सिफारिस गर्दै मेरो राहादानी रोक्का समेतको सिफारिस गरियो ।

२०७५ मंसिर १८ गते अन्नपूर्ण पोष्टमा एउटा समाचार प्रकाशित भयो र सम्पूर्ण जानकारी भयो । उक्त समाचारको शिर्षक थियो ‘राहादानी रोक्का गरिएका मजदुर नेता कसरी पुगे कोपनहेगन’ । समचारको भित्री भागमा मेरो पनि नाम जोडिएको हुनाले म मजदुर शहीद स्मृति उपभोक्ता सहकारीको तत्कालिन सञ्चालक समिति सदस्यको नाताले गम्भीर ध्यानाकर्षण भएको छ ।
जनयुद्धमा नेतृत्वको रक्षाको लागि हामी माओवादीहरु जस्तोसुकै जोखिम मोल्न तयार हुन्थ्यौैं । अनि, नेतृत्वले पनि घटनाको जिम्मेवारी लिने र कार्यकर्ताहरु छुट्ने हाम्रो आर्दश जीवन थियो । तर, हाम्रो सहकारीमा त्यस्तो भएन ।

हामीले नेतृत्वप्रति विश्वास ग¥यौं, नेतृत्वले हाम्रो विश्वासको दुरुपयोग ग¥यो र आज म जस्ता निर्दोष व्यक्ति कालो सूचीमा परेको अवस्था छ, राहादानी रोक्का भएको छ, चल अचल सम्पत्ति रोक्का छ र मेरो नामको कुनैपनि सिफारिस नचल्ने गरी मेरो गाउँ पालिकालाई निर्देशन दिन लगाइएको छ ।

अन्तमाः मैले सहकारीमा रहँदा मैले सहकारीको एक रुपैयाँ अपचलन गरेको छैन् । मैले सहकारीबाट तलब पनि खाएको छैन् । जति समय सहकारीमा रहेँ, त्यो समयको हरहिसाबको लेखापरीक्षण वार्षिक साधारण सभाबाट अनुमोदन भएको छ । सहकारीको सबै प्रक्रियामा स्वयम् अध्यक्ष गणेश रेग्मी जिम्मेवार हुनुहुन्छ । स्थापनाकालदेखि हालसम्मको अध्यक्ष उहाँ नै हुनुहुन्छ । त्यसैले, सबैभन्दा पहिला उहाँलाई नै कारवाही गरिनु पर्दछ, उहाँकै राहदानी रोक्का लगायत प्रक्रिया गरिनुपर्दछ, उहाँकै चल–अचल सम्पत्ति रोक्का हुनुपर्दछ र उहाँकै नामको सिफारिस रोक्का गर्ने कारवाही उहाँबाट नै गरिनुपर्दछ । बिडम्बना, उहाँ दोषी नहुने, म कसरी दोषी हुने ? यो कस्तो सामाजिक न्याय हो ? सहकारीको गहिरो छानबिन पश्चात् दोषी ठहरिए कानून बमोजिमको जस्तो सुकै कारवाही भोग्न म तयार छु, तर मेरो सामाजिक जीवनमा पु¥याएको दखलप्रति मजदुर शहीद स्मृति उपभोक्ता सहकारीका अध्यक्ष एवम् युवा तथा साना व्यवसायी स्वरोजगार कोषप्रति खेद व्यक्त गर्दछु । साथै, सिङ्गो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अखिल नेपाल ट्रेड यूनियन महासंघप्रति ध्यानाकर्षण गराउन चाहान्छु कि मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लि.का सम्पूर्ण सेयरधनी महानूभावहरुमा विनम्रतापूर्वक सहकारीको वार्षिक साधारण सभामा उपस्थित भई यस विषयमा स्पष्ट हुनुहुन अनुरोध पनि गर्दछु ।

लेखिका, हाल अन्टुफ उपमहासचिव  साथै मजदुर सहीद स्मृति उपभोक्ता सहकारी संस्था लि. का पूर्वसञ्चालक समिति सदस्य हुनुहुन्छ ।

तपाइको मत