२६ मंसिर ०७५, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुसभित्रै प्रदेशको नामाकरण हुने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले पुसभित्रै प्रदेशको नामाकरण हुने बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण हुने तर राजधानी परिवर्तन नहुने बताउँदै भने – ‘पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौँ ।तर राजधानी परिवर्तन हुँदैन । अहिले राजधानी तलमाथि गरियो भने भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ ।’
मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेकाले ट्रयाकमा हिड्न थालेपछि विकास निर्माणको कामले गति लिएको बताए ।