१४ मंसिर ०७५, काठमाडौं । सरकारले एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै उपत्यकाका सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाएको छ ।
सर्वसाधारणलाई सरकारले दुःख दिएको भन्दै प्रणालीको चौतर्फी विरोध भएपछि मंसिर १३ देखि १६ गते सम्म लागु गर्ने भनिएको जोर विजोर प्रणाली हटाएको हो ।
गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि उक्त प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जानकारी दिएको छ ।