१० मंसिर ०७५, काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका ७ लालझोडामा आगोलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
आइतबार राति करिव सवा १० बजेतिर स्थानीय लक्ष्मण खनालको घरमा आगो लाग्दा दुई बलबालिकासहित परिवारका चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, उनकी ३० वर्षीय श्रीमती राधिका खनाल, ४ वर्षकी छोरी सुप्रिया खनाल र ६ महिनाका छोरा टिकाराम खनाल रहेका छन् ।
स्थानीयका अनुसार खनालको कच्ची घरको भुइँतला पुरै आगोले ढाकेपछि स्थानीयवासीले थाहा पाएको र थाहा पाउन साथ प्रहरी र दमकललाई खबर गरेपनि घर र सबै परिवार जलेपछि मात्र दमकल र प्रहरी पुगेको थिए ।
आगलागीको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको र विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।