९ मंसिर ०७५, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत भएको छ ।
आइतबार बसेकोे केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गरेका हुन् ।
केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराइएको छ ।
केन्द्रीय कार्यसमितिकोे बिहीबार बस्ने बैठकमा मस्यौदा माथि विस्तृत छलफल हुनेछ ।