कर दिवसमा प्रभात फेरी र अन्तरक्रिया, सप्तरीमा १५ हजार ९ सय करदाता

२ मंसिर ०७५, राजविराज । सातौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७५ को दोस्रो दिन राजविराजमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

प्रभातफेरीमा सहभागीहरु ।

आन्तरिक राजस्व कार्यालय लहानको आयोजनामा सप्तरी सदरमुकाम राजविराजमा प्रभातफेरी तथा व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

आन्तरिक राजस्व कार्यालयको कर सेवा केन्द्रवाट निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी उघोग वाणिज्य संघको सभा कक्षमा अन्तरक्रियामा परिणत भएको थियो ।

प्रभात फेरीमा सहभागीले ‘न लुकाउँ आय तिरौँ कर, देश विकासको दिगो भर’ ‘इमानदार भई तिरौँ कर संघीयता सफलताको पुर्वाधार, सगँ भनौँ करदाता हौँ , लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा राजस्व कार्यालय लहानका प्रमुख कमल बहादुर राजलवटले राजविराजमा राजस्व कार्यालयको सेवा केन्द्र सञ्चालनमा आएको छोटो समयमै १५ हजार ९ सय ४२ करदाता सामेल भएको जानकारी दिदै छुटेकाहरुले यथाशीघ्र करको दायरामा आई राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गरे ।

प्रभातफेरीपछि अन्तरक्रिया कार्यक्रम ।

कार्यक्रमका राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले करदातालाई सचेतना र कर तिर्न प्रोत्साहन गर्ने उदेश्यले गर्नु पर्ने कामहरुबारे सविस्तार सुझाव दिदै करवाट प्राप्त राजस्वको सदुपयोग हुनु पर्नेमा जोड दिइन ।

त्यस्तै, उघोग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले कर तिर्नु नागरिकको दायित्व भएको बताउदै नागरिकले आफ्नो कर्तव्य पुरा गरेर सरकारलाइ सहयोग गर्नु पर्ने बताए ।

प्रभात फेरीमा आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कमल बहादुर राजलवट, राजविराज नगरपालिकाकी उप प्रमुख साधना झा ,उघोग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, निर्माण व्यवसायी सघंका अध्यक्ष एनेश्वर दास, निमिक्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, सशस्त्रका प्रहरी उपरिक्षक खेम वहादुर थापा, पत्रकार महासघं सप्तरीका पुर्व सभापति वैद्यनाथ झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायत ठुलो संख्यामा उघोगी, व्यवसायी, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

तपाइको मत