१ मंसिर ०७५, सुनसरी । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइतलाई कटुवा पेस्तोलसहित कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको रहेको चेकजाँच गर्ने क्रममा बिआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।