६ कार्तिक ०७५, सल्यान । सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा अज्ञात समूहले तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि शनत कुमार शर्माले जानकारी दिए ।
चाडबाड मान्न सुरक्षा गार्ड घर गएको बेला टावर भित्र छिर्ने ढोका फोडेर रेडियो उपकरणहरु चोरी भएको शर्माले बताए ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कति सामान चोरी र क्षति भयो भन्ने जानकारी लिन तथा इन्टरनेट सेवा शुरु गर्नका लागि वर्ल्ड लिंकको प्राविधिक टोली कपुरकोट आउन लागेको छ ।