२१ असोज ०७५, रौतहट । राष्ट्रियता विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा. सिके राउत पक्राउ परेका छन् ।
जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई अदालल परिसरबाटै पक्राउ गरिएको हो ।
राउत समर्थकसहित अदालतमा पेशीका लागि उपस्थित भएका थिए । उनको पक्राउपछि उनका समर्थकहरुले विरोध प्रदर्शन समेत गरेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी उपरीक्षक(एसपी) केदार ढकालले बताए । राउतलाई राज्य विरुद्धको अपराध मुद्दा चलाइने प्रहरीले जनाएको छ ।