धनकुटाको हिले र मोरङको बेलवारीमा नोबेलको स्वास्थ्य शिविर

१६ असोज ०७५, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविर ।

ग्रामीण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन नोबलले बेलवारी नगरपालिका–१ बरडागी र धनकुटा नगरपालिका–१ हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

हिलेमा स्वावलम्बन लघुबित्त बित्तिय सस्थासँग समन्वय गरी शिविर सञ्चालन गरिएको हो । शिविरमा धनकुटाको पाख्रीवास, बेलहारा, चुङवाङ, सिधुवा लगायत छिमेकी जिल्ला तह्रथुमबाट पनि बिरामीहरु उपचारका लागि आएका थिए ।

हिलेमा भएको शिविरबाट १ हजार १ सय ४५ र बेलवारीमा भएको शिविरबाट ४ सय ६५ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

शिविरमा भिडियो एक्सरे, ईसीजी र ल्यावटेष्ट गरिएको थियो । परीक्षण पश्चात गम्भीर प्रकृति र शल्यक्रिया गर्नुपर्ने २४ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका सबै बिरामीलाई ५० प्रतिशत छुटमा तर अत्यन्तै न्यून आर्थिक अवस्थाका बिरामी भेटिएमा छुटको मात्रा बढाउने वा निःशुल्क उपचार गर्ने गरेको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको बताए ।

डा. शर्माका अनुसार शिविरमा बढी दम रोग, हाडजोर्नी, आँखा र छाला सम्बन्धि समस्या भएका बिरामीहरु बढी मात्रामा आएको थिए ।

तपाइको मत