जिवितलाई मृत घोषित गरेको भन्दै अस्पतालमा तोडफोड

राजविराज । जिवितै बालकलाई मृत घोषित गरेको आरोप लगाउँदै आफन्त र स्थानीयले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड गरेका छन् ।

शनिवार सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ विरेन्द्र वजारका अशोक साहको डेढ वर्षीय छोरा सिद्धार्थको मृत्युको विषयलाई लिएर आफन्त र गाउँलेले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडपछि हस्पिटल ।

अघिल्लो दिन शुक्रबार राति ८ बजे सर्पको डसाईवाट सिकिस्त भएका बालक सिद्धार्थलाई आफन्तले रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गराएका थिए । तर, त्यहा उपचार हुन नसकेपछि सदरमुकाम स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याईएका बालक सिद्धार्थलाई चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

मृत घोषित गरिएका बालकलाई राति नै पोष्टमार्टम कक्षमा राख्न लगाईएको थियो । भोलिपल्ट शनिवार विहान ८ वजेतिर पोष्टमार्टम कक्षमा छोरालाई हेर्न जाँदा हल्लिरहेको देखेको दावी गर्दै उनका वुवा अशोकले चिकित्सकसँग तत्कालै छोरालाई अर्को अस्पतालमा लैजाने भन्दै बालक जिम्मा दिन दवाव दिएका थिए ।

तर, चिकित्सकले बालकको मृतु भईसकेको दावी गर्दै पोष्टमार्टम र अन्य कानुनी प्रकिया नगरेसम्म बालक जिम्मा दिन नमिल्ने बताएपछि आक्रोशित आफन्त र गाउँलेले तोडफोड गर्दै बालक सिद्धार्थलाई जवरजस्ति पोष्टमार्टम कक्षबाट लगि मिर्चैया नगरपालिकाको चोहरवा स्थितनेपाली सेनाको सर्पदंश उपचार केन्दमा पु¥याएका थिए ।

सुरक्षामा प्रहरी ।

अस्पतालका एक चिकित्सकले भने, बालकलाई ल्याउँदा नै मृत्यु भईसकेको थियो भ्रममा परेर आफन्तले वितन्डा मचाएका हुन ।
त्यहाका चिकित्सकले पनि बालक सिद्धार्थलाई मृत घोषित गरेका थिए । बालकको आफन्तले चिकित्सकको लापर्वाहीका कारण बचाउन सकिने बालकको मृत्यु भएको दाबी गर्दै अस्पतालमा तोडफोड गरिएको बताएका छन् ।

तोडफोडबाट अस्पतालमा लाखौंको क्षति भएको तथा ड्युटिमा रहेका स्वास्थ्यकर्मी माथि बालकका आफन्त र गाउँलेले दुब्र्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीले अस्पतालको सेवा ठप्प पारेका छन् । अस्पतालमा तनाव बढ्दै गएपछि अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैविच प्रहरी उपरीक्षक राजेन्द विष्ट, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, अस्पतालका मेसु डा. चुमनलाल दास, मृत वालकका आफन्त र स्थानीयवासीहरु समस्या समाधानका लागि अस्पताकै सभा कक्षमा छलफलमा जुटेका छन् ।

तपाइको मत