६ असोज ०७५, बागलुङ । ताराखोला गाउँपालिका–२ मा सामान्य घर झगडामा श्रीमानले लठ्ठी प्रहार गदा श्रीमतीकोे मृत्यु भएको छ ।
मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले सामान्य झगडामा लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो ।
श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा छन्त्याले टाउकोमा लठ्ठीले हिर्काउँदा गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
देउप्रसादलाई शुक्रबार नै स्वास्थ्यचौकीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।