४ असोज ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नामलाई संसदीय सुनुवाई समितिले सर्वसम्मत स्वीकृत गरेको छ ।
बिहीबार बसेको समितिकोे बैठकले घिमिरेलाई सर्वसम्मत स्वीकृत गरेको हो ।
संवैधानिक परिषद्ले गत भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो । परिषद्को सिफारिस आएपछि समितिले उनीविरुद्ध असोज १ गतेभित्र उजुरी गर्न सार्वजनिक सूचना जारी गरे पनि कुनै उजुरी परेको थिएन ।
गृहसचिवबाट अवकाश भएपछि घिमिरे २०७१ चैत्र १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएक थिए ।
गतवर्ष फागुन २ गते प्रमूख आयुक्तको पदबाट दीप बस्नेतले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमूख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।