सिमा क्षेत्रका विभिन्न स्थानबाट ठुलो परिमाणमा मदिरा बरामद गरी नष्ट

२८ भदौ ०७५, राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले सिमा क्षेत्रका विभिन्न स्थानवाट ठुलो परिमाणमा मदिरा बरामद गरी नष्ट गरेको छ ।

भारतको विहार राज्यतर्फ मदिरा तस्करी भईरहेको गोप्य सुचनाका आधारमा सिमा क्षेत्रमा निगरानी वढाईएपछि प्रहारीले सो सफलता हात पारेको हो ।

भारतको विहार राज्यमा २०१६ अप्रिल १ देखि मदिरा बिक्री वितरण र सेवनमा पुर्ण प्रतिवन्ध लगाईएको छ । जस कारण नेपाल र भारतका तस्कर मिलेर अवैद्य रुपमा नेपाली मदिरा भारततर्फ ओसारपोसार गरिरहेको सुचना पाएपछि दश गजा क्षेत्रमा निगरानी वढाईएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले वताए ।

विगत एक साताको अवधिमा बरामद गरिएको कस्तुरी मदिरा ५ हजार बोतल र सौफि मदिरा ५ हजार गरी १० हजार बोतल मदिरा पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ ।

यद्यपि मदिरा ओसार पसारमा संलग्न तस्करहरु भने फरार भएको प्रहरी उपरिक्षक विष्टले बताए । उनले भारततर्फ अवैद्य रुपमा चोरी निकासी हुने मदिरा नियन्त्रणका लागि सिमा क्षेत्रमा निगरानी र गस्तीलाई निरन्तरता दिई कडाई गरिएको समेत जानकारी दिए ।

तपाइको मत