सप्तरीबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको सामान बरामद

२५ भदौ ०७५, राजविराज । प्रहरीले अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको समानह बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बोधेबर्साईनबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ BR ३२ D ०५३६  नम्बरको मोटरसाइकलमा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको लत्ता कपडा सप्तरी बोदेबर्साइन नगरपालिका ६ कुसमहारबाट पक्राउ गरेको हो ।

सेतो गन्जि १६० पिस पेन्टि ३४० पिस र मोटर साइकलसहित करिव १ लाख, १ हजार ६ सय बराबरको  सामान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद गरिएको सामान र मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको छ ।

तपाइको मत