१८ भदौ ०७५, काठमाडौं । ब्राजिलको राष्ट्रिय संग्रहालयमा अगलागी भएको छ ।
आइतबार राति ब्राजिलको राजधानी रि दि जेनेरियोस्थित रहेको दुई सय वर्ष पुरानो संग्रहालयमा आगलागी भएको हो ।
आगलागीका कारण मानवीय क्षति नभएपनि ब्राजिलको दुई सय वर्ष पुराना सम्पदा, इतिहास, वैज्ञानिक खोज, संस्कृति र शिक्षाका महत्वपूर्ण दस्तावेजहरु मेटिएको संग्राहलयका उपनिर्देशक लुइज डउर्टेले बताएका छन् ।
संग्राहलयमा १२ हजार वर्ष पुरानो महिलाको अस्थिपञ्जर, डाइनोसारका अवशेष, सन् १७८४ मा अन्तरिक्षबाट पृथ्वीमा खसेको आकाशीय पिण्ड (मिटिअराइट) जस्ता महत्वपूर्ण बस्तु संग्रह गरिएका थिए ।
ब्राजिलका राष्ट्रपति मिकेल टिमरले विज्ञान र शिक्षाको क्षेत्रमा अमूल्य क्षति भएको बताएका छन् । उनले ट्विट गर्दै लेखेका छन्– ‘ब्रजिलको संग्रहालय इतिहासमा आजको दिन दुःखद घटना भएको छ । दुई सय वर्षदेखिको खोज र अनुसन्धान सबै नष्ट भयो ।’
उक्त संग्राहलय रियो फेडरल विश्विवद्यालयको एउटा महत्वपूर्ण अंगको रुपमा स्थापित थियो।