बढ्दो गर्मी र फाटफुट हुने वर्षासँगै सप्तरीमा सर्पको डसाई बढ्यो

१६ भदौ ०७५, राजविराज । सप्तरी जिल्लामा सर्पले डसेर एकै दिन दुई जना घाइते भएका छन ।

उपचार गर्दै घाइतेहरु ।

शनिवार राजविराज नगरपालिका – ६ का साहिल चौधरी र तिलाठी कोइलाडी गाउपालिका –४ की सुनिता देवी राउत सर्पको डसाइबाट घाइते भएका हुन् । चौधरीलाइ घरमा सुति रहेको बेला तथा राउतलाइ फुल टिप्न गएको बेला सर्पले डसेको हो ।

सिकिस्त भएका दुवै जनाको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बढदो गर्मी र फाटफुट हुने वर्षासँगै सर्प जमिनबाट बाहिर निस्किदा दैनिक २ देखि ४ जनासम्म सर्पले डसेका बिरामी आउन गरेको आकस्मिक कक्षका अहेव गुन्जन गुरुमैताले बताए ।  उनले हालसम्म २ महिनाको अवधिमा ७१ जना सर्प दंशका बिरामीको उपचार गरिएको बताए ।

सर्प दंशको घटना बृद्धि भएपछि एन्टिस्नेकभेनम नामक औषधी प्रयाप्त मात्रामा स्टक गरिएको मेडिकल सुपरिडेण्डेन्ट डा. चुमन लाल दासले बताए ।

तपाइको मत