बिमस्टेक चौंथो शिखर सम्मेलन आज सम्पन्न हुँदै

१५ भदौ ०७५, काठमाडौं । काठमाडौंमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौंथो शिखर सम्मेलन आज सम्पन्न हुँदैछ ।

बिहीबार सुरुभएको शिखर सम्मेलन आज काठमाडौं घोषणा–पत्र  जारी गर्दै सम्पन्न हुने भएको हो ।

अध्यक्ष–राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शिखर सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै ‘बिमस्टेक’ सार्कको बिकल्प नभएर पुरक रहने बताए ।

‘बिमस्टेकले सार्कको बिकल्प होइन्, पुरक रहन्छ भन्ने म विश्वास गर्छु’ प्रधानमन्त्री ओलीले भने, ‘यही नै हाम्रो बाचालाई यथार्थमा रुपान्तरण गर्ने समय हो ।’

प्रधानमन्त्री ओलीले बिमस्टेकलाई विश्वले चासोका साथ हरेरिरहेको बताउँदै बैठकले गर्ने निर्णयले विश्वव्यापी प्रभाव कायम गर्ने पनि बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओच, म्यानमारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका प्रधानमन्त्री मैत्रीपाला सिरिसेना र भुटानका मन्त्रिपरिषद् अध्यक्ष छिरिङ वाङचुकले सम्बोधन गरेका थिए ।

सदस्य राष्ट्रबीच स्थल र जलमार्गको कनेक्टिभिटिका लागि गुरुयोजना, क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई कार्यान्वयन गर्ने, बिमस्टेकको बडापत्र बनाउने र संयुक्त लगानी कोष स्थापना गर्ने, भन्सारसम्बन्धी आपसी सहायता तथा सहकार्य सम्मेलनको मुख्य एजेण्डा रहेको बिमस्टेक शिखर सम्मेलन आज शुक्रबार काठमाडौं घोषणा–पत्र जारी गर्दै सम्पन्न हुँदैछ ।

तपाइको मत