उपत्यकाका विद्यालयमा भदौ १४ र १५ गते बिदा

१२ भदौ ०७५, काठमाडौं । सरकारले भदौ १४ र १५ गते उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण विद्यालयहरुमा बिदा दिने निर्णय गरेको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको सुरक्षा महाशाखाको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारी साधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ ।

सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ भने बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाध रुपमा सञ्चालन हुन पाउने छन् ।

तपाइको मत