प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

७ भदौ ०७५, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि परिषदले प्रधानन्यायाधीशमा दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएका जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले दोस्रो नम्बरमा रहेका मिश्रको नाम सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

तपाइको मत