२५ साउन ०७५, चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृह जिल्ला चितवनमा सम्मान गरिएको छ ।
रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहकाबीच सम्मान गरेका हुन् ।
तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएकाले गृहमन्त्री थापालाई सम्मान गरेका हुन् ।
समारोहमा कृषि शिक्षा सर्वसधारणको पहुँचमा पु¥याउन निजी क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, नीति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले माग राखेको थिए ।
सो अवसरमा बोल्दै गृहमन्त्री थापाले शिक्षामा अहिले अप्लसंख्यक पूँजीबादीको हावी रहेकाले बहुसँख्यक अझै बाहिर रहेकाले त्यस्तो हुन नदिन सरकार समाजवादी शिक्षालाई लागु गर्न अग्रसर रहेको बताए ।
सरकारले शिक्षामा निजी र सिन्डीकेटको अन्त्य गर्दै निःशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षामा पूँजीपतिको हावी अन्त्य गराएरै छाड्ने प्रतिवद्धता जनाए ।
गृहमन्त्री थापाले विदेशमा नेपाली विद्यार्थीले पढ्न ्जादाँ नेपाली पूँजी बाहिरिएको बताउँदै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीर छलफलमा रहेको समेत बताए ।
सो अवसरमा उपप्राध्यापकहरु उदितप्रकाश सुवेदी, होमनाथ गिरी, अनन्त प्रकाश सुवेदी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य आरके भट्टले कृषि विश्व विद्यालयको विकासका लागि ८ निजी कलेजको सम्बन्धन खारेज गरेकोमा सरकारलाई धन्यवाद दिदै अबका दिनमा कुनै पनि हालतमा निजीलाई सम्बन्ध दिन नहुने बताएका थिए ।