कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

१६ साउन ०७५, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्नेलाई पक्राउ गरेको छ ।

बुधबार झापा शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय सुमन बस्नेतलाई काठमाडौँको माछापोखरीबाट ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु १ लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु ३ लाख ५० हजार देखि रु ६ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

तपाइको मत