१४ साउन ०७५, तनहुँ । पृथ्वी राजमार्ग सडकखण्ड तनहुँको छिर्कनेमा माइक्रो र ट्रक ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सोमबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक व्यास नगरपालिका १२ छिर्कनेमा ठोक्किँदा सविना राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी भोजपुर बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ भने अन्य १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।