११ साउन ०७५, काठमाडौं । मंगल ग्रहलाई १५ वर्षपछि पृथ्वीको सबैभन्दा नजिकबाट देख्न पाइने भएको छ ।
आज शुक्रबार पृथ्वी र मंगल ग्रहबीचको दूरी केवल ५ करोड ७६ लाख किलोमिटर हुने खगोलविदहरुको भनाइ छ ।
खगोविद्हरुका अनुसार शुक्रबार सूर्य अस्तसँगै मंगल ग्रह उदय हुनेछ र सामान्य आँखाले पनि स्पष्ट देख्न सकिने छ । मंगल ग्रहलाई रातभर अवलोकन गर्न सकिने छ ।
त्यस्तै आज संसारभर पूर्ण चन्द्रग्रहणको दृष्य पनि हेर्न पाइने भएको छ ।