रसुवामा पहिरोमा परी ५ को मृत्यु, १२ घाइते

१० साउन ०७५, काठमाडौं । गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

बुधबार राति १ बजे करिव ४ किमी माथिबाट आएको पहिरोले परिदा ५ जनाको मृत्यु हुनुका साथै १२ जना घाइत भएका हुन् ।

पहिरोले एक पक्की घर, ३ वटा टहरा, एक होटेल , साना ठूला चारवटा सवारीसाधन र टिमुरेस्थित प्रहरी बिट समेत पुरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

प्रमुख पौडेललका अनुसार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गाउँपालिकाका ४ का ३५ वर्षीय रमेश भनिने सुश खड्काको पहिरोमा पुरिएर ज्यान गएको हो । अझै ५ जना हराइरहेका छन् भने ४ जना घाइते भएका छन् ।

हराइरहेकाहरूको खोजीकार्य जारी रहेको र त्यसका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको पौडेलले बताए ।

पहिरोका कारण बिजुली, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।

तपाइको मत