बिष्णुपुर गाउँपालिकाको बजेट १९ करोड ३८ लाख

३२ असार ०७५, राजविराज । आगामी आर्थिक वर्ष २०७४/०७६ का लागि सप्तरीको बिष्णुपुर गाउँपालिकाले १९ करोड ३८ लाख ५३ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

बिष्णुपुर गापाको दोश्रो गाउँसभामा सहभागी गाउँ कार्यपालिका सदस्यहरु/ तस्विरः देवराम प्रसाद यादव ।

दोश्रो गाउँसभाले संघीय, प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक श्रोत राजश्व बाँडफाँड साथै गत आ.ब. को मौज्दात गरी रु. १९ करोड ३८ लाख ५३ हजारको आय व्यय बिनियोजन गरेको हो ।

गाउँसभाले आर्थिक बर्ष ०७५/०७६ मा संघीय सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदान रु. १६ करोड ८३ लाख, प्रदेश सरकारबाट अनुदान रु. २७ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान रु. ५० लाख र आन्तरिक श्रोतबाट रु. १ करोड १० लाख, राजश्व बाँडफाँडबाट रु. १८ लाख र गत आ.ब. को मौज्दात रु. ४९ लाख ६३ हजार गरी रु. १९ करोड ३८ लाख ५३ हजारको आय व्यय बिनियोजन गरेको हो ।

गाउँपालिका अध्यक्ष निलाम्बर यादव र प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारी ।

अध्यक्ष यादवले आगामी बजेटले प्रत्येक वडामा सडक पूर्वाधार, शैक्षिक गुणस्तरीयता र खानेपानी तथा सरसफाईका लागि एकीकृत बजेट बनाएर खर्च गरिने बताए ।

तपाइको मत